मादक पदार्थ सेवन गरेर साथीको हत्या गरि फरार थिए, २१ वर्षपछि पक्राउ

मादक पदार्थ सेवन गरेर साथीको हत्या गरि फरार थिए, २१ वर्षपछि पक्राउ

काठमाडौं : २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसीले बताइन्।

४१ वर्षका राई सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ४ का हुन्। उनले मादक पदार्थ सेवन गरी झगडा पर्दा साथीको हत्या गरेको बताइएको छ।

शाहीको २१ वर्षअघि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १९ मरुढोका इनाटोलमा रहेको एक पशु वधशालामा हत्या भएको थियो।

६ चैत, २०८०, १७:११:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।