दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि बन्दुकसहित सर्वोच्च पुगेका थिए उनका बडिगार्ड, मुलगेटबाटै पक्राउ

दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि बन्दुकसहित सर्वोच्च पुगेका थिए उनका बडिगार्ड, मुलगेटबाटै पक्राउ

काठमाडौँ : सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड अत्याधुनिक हतियारसहित पक्राउ गरेका छन्।

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्कालाई पक्राउ गरिएको काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

आज सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ। उनी दुर्गा प्रसाईंको बडी गार्ड रहेका बताइएको छ।

प्रहरीले उनको साथबाट बन्दुक पनि बरामद गरेको छ। उनीसँगै प्रहरीले राजकुमार धिमाललाई पनि पक्राउ गरेको छ। खड्काको साथबाट जीएसजी ५ जर्मन सेमी अटोमेटेड हतियार बरामद भएको अधिकारीले जानकारी दिए।

यस्तै, त्यसमा लाग्ने १०० थान गोली पनि बरामद भएको उनको भनाइ छ। उनीहरू बिहान पौने ११ बजे मुद्दा सुनुवाइका लागि सर्वोच्चको मुलगेटमा चेकजाँचका क्रममा पक्राउ परेका हुन्।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

५ चैत, २०८०, १६:३१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।