माओवादी केन्द्र र समाजवादी पार्टीबीच एकता गर्ने सहमति, कार्यदल गठन

माओवादी केन्द्र र समाजवादी पार्टीबीच एकता गर्ने सहमति, कार्यदल गठन

काठमाडौं : माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको छ।

शनिबार दुई पार्टीको एकता संयोजन समितिकाे बैठकले दुई पार्टीकाबीचमा एकता गर्ने सहमति गरेको हो।

एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय भएको छ।

साथै पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ।

कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा रहेका छन्।

कार्यदलमा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन्।

एकता संयाेजन समितिकाे बैठक माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे अध्यक्षतामा बसेकाे थियो।

बैठकमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङकाे पनि सहभागीता रहेको थियो।

नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादव सहभागी थिए।

३ चैत, २०८०, ११:४८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।