राष्ट्रिय टी-२० क्रिकेट : आर्मी र कर्णाली प्रदेशबीच उपाधि भिडन्त

राष्ट्रिय टी-२० क्रिकेट : आर्मी र कर्णाली प्रदेशबीच उपाधि भिडन्त

विराटनगर : मोरङ क्रिकेट संघको आयोजनामा भइरहेको कोशी प्रदेश राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।

बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला स्मृति क्रिकेट रंगशालामा मध्यान्ह्र सवा १२ बजेबाट शुरू हुने खेलमा उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्दैछन्।

आर्मीले पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थानमा बनाउँदा दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णालीले आर्मीसँगको भेट पक्का गरेको हो।

फागुन २२ गतेदेखि शुरू भएको प्रतियोगितामा तीन विभागीय र ७ वटा प्रदेशका टिमले सहभागी थिए। बिहान १० बजे र दिउँसो २ बजे गरी दैनिक दुई वटा खेल सञ्चालन गरिएको थियो।

प्रतियोगिताको उपाधि विजेता टिमले पाँच लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले ३ लाख र ट्रफी प्राप्त गर्ने आयोजक मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए।

३ चैत, २०८०, ११:१०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।