रुखको हाँगा भाँच्चिएर लाग्दा मोटरसाइकल पछाडि बसेकी श्रीमतीको मृत्यु, श्रीमान घाइते

रुखको हाँगा भाँच्चिएर लाग्दा मोटरसाइकल पछाडि बसेकी श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाडौं : अचानक रुखको हाँगा भाँच्चिएर खस्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।

धनकुटा नगरपालिका–४ देब्रेबासमा भएको घटनामा ३० वर्षीया उषा तामाङको आज अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ।

धनकुटा बजारबाट प्रदेश १०२०४९ प ६०४० नम्बरको मोटरसाइकलमा हिलेतिर गइरहेका दम्पती दुर्घटनामा परेका हुन्।

सडक मास्तिरबाट रुखको हाँगा भाँच्चिएर खसेको थियो। हाँगाले मोटरसाइकल पछाडि बसेकी तामाङलाई लागेको थियो।

सिकिस्त घाइते अवस्थामा उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पुर्याइएपछी चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मोटरसाइकल कुदाइरहेका उनका श्रीमान आशीष तामाङ भने सामान्य घाइते छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

१ चैत, २०८०, १९:४३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।