गाँजा खाएर नशाको सुरमा फलामको रडले हानेर हजुरआमाको हत्या, दुई पक्राउ

गाँजा खाएर नशाको सुरमा फलामको रडले हानेर हजुरआमाको हत्या, दुई पक्राउ

काठमाडौं : ८२ वर्षीय वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

झापाको गौरादह नगरपालिका–७ योगिटारकी नरमाया विश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

फागुन २६ गतेदेखि घरबाट हराइरहेकी वृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडि रहेको ग्वालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते फेला परेकी थिइन्।

त्यसपछि घटनाबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले घटनामा संलग्न रहेका मृतककै नाति १८ वर्षीय धीरज विश्वकर्मा र उनका साथी स्थानीय १८ वर्षीय राजु मल्लिकलाई पक्राउ गरेको हो।

गाँजा खाएर नशाको सुरमा बिकले फागुन २६ गते राति हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ।

वृद्धाको घटनास्थलमै मृत्यु भएको थियो।

हत्यापछि साथी राजु मल्लिकको सहयोगमा घरनजिकै रहेको ग्वालीमा खाल्डो खनेर गाडेको प्रहरीले पत्ता लगाएको थियो।

१ चैत, २०८०, १८:११:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।