'उपेन्द्र यादवको असली मालिक को हो यस तस्बिरले प्रस्ट पार्छ' भन्दै रातीराती पोस्टर टाँस्थे, दुई पक्राउ

'उपेन्द्र यादवको असली मालिक को हो यस तस्बिरले प्रस्ट पार्छ' भन्दै रातीराती पोस्टर टाँस्थे, दुई पक्राउ

काठमाडौँ : उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पङ्कज झा र मनिष पूर्वे रहेका छन्।

उनीहरूले 'उपेन्द्र यादवको असली मालिक को हो यस तस्बिरले प्रस्ट पार्छ' भन्दै धनुषा लगायत विभिन्न जिल्लामा पोस्टर टाँसेर हिँड्ने गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख मित्रबन्धु शर्माका अनुसार फागुन २६ गते राती लुकीछिपी सो पोस्टर टाँसिएपछि उनीहरूको खोजी भइरहेको थियो। त्यसैक्रममा उनीहरूलाई बुधबार राती पक्राउ गरिएको हो।

यस कार्यमा अझै केही व्यक्ति संलग्न रहेको देखिएको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका दुई जनाको बारेमा थप छानबिन गरिरहेको छ।

१ चैत, २०८०, १७:०३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।