त्रिदेशीय टी-२० सिरिज : उपाधिका लागि नेपाल र पीएनजी खेल्दै

त्रिदेशीय टी-२० सिरिज : उपाधिका लागि नेपाल र पीएनजी खेल्दै

काठमाडौं : त्रिदेशीय टी-२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दै छन्। खेल नेपाली समयअनुसार बिहान पौने ११:४५ बजे सुरू हुनेछ।

यसअघि पहिलो खेलमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा टुंगिएको थियो।

मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो।

पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। लिग चरणको खेल सकिँदा नेपालले तीन अंक र पीएनजीले दुई अंक जोड्दा हङकङले एक अंक जोड्यो। अ

ब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ।

३० फागुन, २०८०, ०८:२३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।