७ लाख बढी कमाइ हुन्छ भनेका थिए, अमेरिका जान प्रतिव्यक्ति ६० लाख उठाएर फरार

७ लाख बढी कमाइ हुन्छ भनेका थिए, अमेरिका जान प्रतिव्यक्ति ६० लाख उठाएर फरार

काठमाडौं : अमेरिका पठाउने आश्वासनमा ६० लाख रुपैयाँ ठगी गरेकाे आरोपमा गोँगबुबाट एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-७ घर भई काठमाडौंस्थित गोँगबुमा बस्दै आएका ३६ वर्षीय लोकबहादुर राउत रहेका छन्।

प्रहरीका अनुसार राउतले पीडितहरूलाई अमेरिका जान प्रतिव्यक्ति ८० लाख रुपैयाँ लाग्ने बताएका थिए।

अमेरिकामा मासिक सात लाख ५० हजार रूपैयाँसम्म तलब हुने प्रलोभन देखाएर उनी दुई जनाबाट ६० लाख रुपैयाँ लिएर फरार भएका थिए। 

आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

२९ फागुन, २०८०, २१:४८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।