एक हजार टी२० आई रन पूरा गर्ने नेपालका दोस्रो खेलाडी बने कुशल भुर्तेल

एक हजार टी२० आई रन पूरा गर्ने नेपालका दोस्रो खेलाडी बने कुशल भुर्तेल

काठमाडौं : टी२० आई क्रिकेटमा एक हजार रन पूरा गर्ने कुशल भुर्तेल दोस्रो नेपाली खेलाडी भएका छन्।

पिएनजीविरुद्ध ५९ रनको अर्धशतकीय पारी खेलेसँगै उनी टी२० आई क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका हुन्।

भुर्तेलले ३५ इनिङमा १ हजार रनको मार्क पूरा गरेका हुन्। उनले अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रदर्शन भनेको १०४ रन नटआउट हो। उनको एभरेज रन ३७ छ।

यसअघि टी२० आई क्रिकेटमा नेपालबाट दीपेन्द्रसिंह ऐरीले मात्र एक हजार रन पूरा गरेका थिए। उनले अहिलेसम्म १ हजार ४७६ रन बनाएका छन्।

यो दौडको तेस्रो नम्बरमा कप्तान रोहित पौडेल छन्। ४० इनिङ ब्याटिङ गरेका उनी ९८३ रनमा छन्। उनी १ हजार रनको मार्कबाट मात्र १७ रन टाढा छन्।

२९ फागुन, २०८०, ०८:४५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।