चर्को आवाजमा डिजे बजाएर ध्वनी प्रदूषण गर्ने एक पक्राउ

चर्को आवाजमा डिजे बजाएर ध्वनी प्रदूषण गर्ने एक पक्राउ

काठमाडौं : बारा प्रहरीले चर्को आवाजमा डिजे बजाएर ध्वनी प्रदूषण गर्ने एक जनालाई पक्राउ गरेको छ।

चर्को आवाजमा डिजे बजाएर ध्वनी प्रदूषण गरिरहेको बेला सदरमुकाम कलैयाबाट एक व्यक्तिसहित डिजे र गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका- ९ बस्ने वर्षीय ३० को मनौवर मिया रहेका छन्।

नेपाल सुनिल बैण्ड कलैया बाराको बैण्डसहित पिकअप समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बारा प्रहरीले केही दिन पहिला चर्को आवाजमा डिजे बजाउनेलाई पक्राउ गरेर कारबाही गर्ने सूचनासमेत निकालेको थियो।

२८ फागुन, २०८०, १९:०७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।