प्रधानमन्त्री दाहाललाई विस्वासको मत नदिन कांग्रेसको ह्वीप

प्रधानमन्त्री दाहाललाई विस्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ।

बुधबार ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ।

त्यसअघि नै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्दै विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन्।

कांग्रेससँगको सत्ता गठबन्धनलाई भत्काएर प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ सत्ता समीकरण बनाएपछि कांग्रेसले समर्थन फिर्ता लिएको थियो।

कांग्रेसले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रीमण्डल गठन गरेका थिए।

२८ फागुन, २०८०, १३:५९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।