एक वर्ष वारेन्टीसहित एमसीडोडोका दुई इयरबर्ड नेपालमा सार्वजनिक

एक वर्ष वारेन्टीसहित एमसीडोडोका दुई इयरबर्ड नेपालमा सार्वजनिक

काठमाडौं : विश्वव्यापी रूपमा आइफोनका लागि एक्सेसरिजहरू बनाउँदै आएको ब्राण्ड एमसीडोडोले नेपालमा दुईवटा इयरबर्ड एचपी ३३०० र एचपी ३२९० सार्वजनिक गरेको छ।

एचपी ३३०० इयरबर्डमा एएनसी नोइज क्यानसिलेशन रहेको छ भने यसमा भएको एलसीडी डिस्प्लेले ब्याट्रीको लेबल देखाउँछ। भर्सन ५.३ मा उपलब्ध यस इयरबर्डमा इन्टिलिजेन्ट टच, डुअल कल लगायतका विशेषताहरू उपलब्ध छन्।

एचपी ३३०० मा लामो समयसम्म टिम्ने ब्याट्री रहेको छ भने यसको चार्जिङ्ग केस ३०० एमएएचको छ। यसले टाइप–सी चार्जिङ्ग समर्थन गर्दछ। कालो रङमा उपलब्ध यस इयरबर्डको मूल्य ४ हजार ८८० रुपैयाँ तोकिएको छ।

त्यस्तै अर्को नयाँ इयरबर्ड एचपी ३२९० एक टीडब्लुएस इयरफोन हो, जसमा डिजिटल डिस्प्ले रहेको छ। यसमा ३० एमएएच को ब्याट्री क्षमता रहेको छ भने चार्जिङ्ग केस ३०० एमएएचकोे रहेको छ।

एचपी ३२९० मा ६ घण्टाको प्लेटाइम रहेको छ भने यो ब्लुटुथ ५.३ भर्सनमा सञ्चालित छ। प्रयोगकर्ताहरूका लागि ३ हजार ७८५ रुपैयाँमा एचपी ३२९० इयरबर्ड ब्ल्याक कलर अप्सनमा उपलब्ध रहेको छ।

२८ फागुन, २०८०, ०९:३६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।