औषधि व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमिति चयन, अध्यक्षमा महर्जन

औषधि व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमिति चयन, अध्यक्षमा महर्जन

काठमाडौं : नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले अध्यक्षमा शंकर महर्जन, वरिष्ठ उपाध्यक्षमा रत्न बहादुर कार्की, उपाध्यक्षमा (आयात/थोक) सञ्जय श्रेष्ठ, उपाध्यक्षमा (खुद्रा) प्रकाश न्यौपाने र महासचिवमा शुभ मान श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गरेको छ।

त्यस्तै, कोषाध्यक्षमा अमृत ज्ञवाली, सचिवमा सञ्जीव प्रजापती, उपकोषाध्यक्षमा विज्ञ राजभण्डारी रहेको समितिको सदस्यहरूमा विनेश रिमाल, सविन सिग्देल, विष्णु प्रसाद वस्ती, रेणु योञ्जन र ठाकुर तिमिल्सिना छन्।

संघका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठको सभाधक्ष्यता र काठमाण्डौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रज्ज्वलजंग पाण्डे, केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल, बागमती प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

सोही अवसरमा १४४ पटक रक्तदान गर्ने वीरेन्द्र प्रसाद जोशीको संयोजन र हिमाल हस्पिटल ब्लड बैंकको सहयोगमा रक्तदान कार्यक्रम पनि राखिएको थियो।

कार्यक्रममा संघको दोहोरो जिल्ला अधिवेशन अवसरमा खोजमूलक, ज्ञानवर्धक र संस्थाको इतिहास समेटिएको स्मारिका समेत विमोचन गरिएको थियो।

२७ फागुन, २०८०, १४:२०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।