प्रहरी सादा पोसाकमा खटिएका थिए, ४ राउण्ड गोलीसहित दुईजना पक्राउ गरे

प्रहरी सादा पोसाकमा खटिएका थिए, ४ राउण्ड गोलीसहित दुईजना पक्राउ गरे

काठमाडौं : सर्लाहीमा ४ राउण्ड गोलीसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही मंलगवा नगरपालिका १ बस्ने वर्ष २१ को पोसन महरा राम र बागमती नगरपालिका ८ बस्ने वर्ष २४ का रंजित राम रहेका छन्।

बागमती नगरपालिका -१० सोल्टी नहर अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको सादा पोसाकका प्रहरी समेतको टोलीले चेक जाँच गर्ने क्रममा ४ राउण्ड गोली सहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर ३० डव्लु ५८८३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार व्यक्तिसँग ४ राउण्ड अवैध गोली फेला परेको बताए।

२७ फागुन, २०८०, १०:१५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।