मसानघाट​​​​​​​मा १२ वर्षीय बालकको शव गाडिएको भेटियो, हत्या आशंकामा आमाबुबा पक्राउ

मसानघाट​​​​​​​मा १२ वर्षीय बालकको शव गाडिएको भेटियो, हत्या आशंकामा आमाबुबा पक्राउ

काठमाडौं : पर्सामा छोराको हत्या गरेको आशङ्कामा आमाबुबालाई पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेको थियो।

गोप्य सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका -१२ मुर्ली निवासी शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव निकालिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि शम्भु र श्रीमती सबतादेवीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ।

बालकको मृत्युबारे कसैलाई जानकारी नगराइ अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

२५ फागुन, २०८०, १६:३४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।