चिकित्सा विज्ञान प्रतिष्ठानले विद्युतीय तरंग दिई दिमाग सञ्चालन गर्ने उपचार विधि ल्याउँदै

चिकित्सा विज्ञान प्रतिष्ठानले विद्युतीय तरंग दिई दिमाग सञ्चालन गर्ने उपचार विधि ल्याउँदै

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले विभिन्न रोगहरूको परम्परागत उपचार विधिबाट सुधार हुन नसकेका बिरामीहरूलाई विद्युतीय तरंग दिई दिमाग सञ्चालन गर्ने विधि (डिबिएस) सञ्चालनमा ल्याउने भएको छ।

अस्पतालको न्यूरो सर्जरी विभागले पाकिन्सन रोग, छारेरोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनिया र ओडिसी जस्ता बिरामीहरूका लागि ब्याट्रीबाट डिबिएस तथा अन्य उपचार विधि सञ्चालनमा ल्याउन लागेको हो।

प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै यी प्रक्रियाका लागि बिरामी छनौट आगामी चैत १८ गतेसम्म न्युरो सर्जरी विभागमा हुने जनाएको छ।

सम्बन्धित बिरामीहरूले अस्पतालको विभागमा सम्पर्क गर्नसमेत प्रतिष्ठानले अनुरोध गरेको छ।

२४ फागुन, २०८०, २०:५१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।