केयरगिभर कामको लागि २३ लाख लाग्छ, ४ लाख बढी तलब हुन्छ भनेकी थिइन्; ललितपुरबाट पक्राउ

केयरगिभर कामको लागि २३ लाख लाग्छ, ४ लाख बढी तलब हुन्छ भनेकी थिइन्; ललितपुरबाट पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा पठाएर राम्रो आम्दानी दिलाउने प्रलोभनमा ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा ललितपुरको भैंसेपाटी बस्ने मोरङको उर्लाबारी-९ की ३४ वर्षीय लक्ष्मी लिम्बू छन्।

लिम्बुमाथि रविन सैजुसमेत ४ जनालाई वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ।

उनले केयरगिभर कामका लागि प्रतिव्यक्ति २३ लाख रुपैयाँ लाग्छ, मासिक ४ लाख २० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाएर पीडितहरुबाट पटकपटक गरी २९ लाख ८८ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने जाहेरी परेको थियो।

सोही आधारमा लिम्बुलाई ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी लिम्बूलाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाएको छ।

२४ फागुन, २०८०, १९:१८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।