साफ यू-१६ महिला फुटबलमा आज नेपालले बंगलादेशसँग खेल्दै

साफ यू-१६ महिला फुटबलमा आज नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं : काठमाडौंमा शुक्रबारदेखि सुरू भएको साफ यू-१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल खेल्दैछ।

च्यासल मैदानमा नेपालले दिउँसो ३ बजे पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७-० को जित निकालेको थियो।

साफ यू-१६ महिला फुटबलमा नेपाल, भारत, भुटान र बंगलादेशसहित चार टिमले सहभागिता जनाएका छन्।

राउन्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन्।

नेपाली टिमः
गोलरक्षकः रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान  र लक्ष्मी ओली

स्ट्राइकरः पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु

मिडफिल्डरः भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ

डिफेन्डरः दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो

१९ फागुन, २०८०, ०९:१७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।