मेडिकल एक्स्पो २०२४ मा आधुनिक उपकरणदेखि एआई हेल्थ प्रविधिसम्म

मेडिकल एक्स्पो २०२४ मा आधुनिक उपकरणदेखि एआई हेल्थ प्रविधिसम्म

काठमाडौँ : मेडिकल क्षेत्रमा के कस्ता नयाँ प्रविधि र उपकरण भित्रिएका छन्? भृकुटीमण्डपमा जारी नेपाल मेडिकल एक्स्पो २०२४ मा पुग्नेहरूले सहजै अनुमान गर्न सक्छन्।

बिहीबारबाट सुरु भएको एक्स्पो नेपाल र भारतसहित विभिन्न ८ देशका उत्पादकहरूको ८ सय बढी ब्रान्ड र एक हजार बढी उत्पादनहरू राखिएका छन्।

नेपालमा आफ्ना स्वास्थ्य उपकरणहरू भित्र्याउन चाहने र विक्री गर्न चाहने दुवै समूहबिच सहज प्लेटफर्मको निर्माण गर्न आयोजित एक्सपो आइतबारसम्म जारी रहनेछ।

सिटी स्क्यान, एक्स रे लगायतका मेडिकल उपकरणहरूसहित स्वास्थ्य क्षेत्रमा भित्रिएका एआई प्रविधिबारे जानकारी राखिएको छ।

१८ फागुन, २०८०, २०:२५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।