बहराइनविरुद्धको विश्वकप छनोटका लागि ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा

बहराइनविरुद्धको विश्वकप छनोटका लागि ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौं : बहराइनविरुद्ध हुने विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि ३३ खेलाडीलाई प्रारम्भिक टोलीमा घोषणा गरेको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार दुई खेलका लागि ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्।

नेपालले विश्वकप छनोटको दोस्रो चरणमा मार्च २१ र २७ मा बहराइनविरुद्ध खेल्दैछ।

फिफा वरीयतामा नेपाल १७५औं स्थानमा हुँदा बहराइन ८२औं स्थानमा छ।

मुख्य प्रशिक्षक एनेसेले चार जना गोलकिपर, एघार जना डिफेन्डर, दश मिडफिल्डर र आठ फरवार्डको टोली छानेका छन्।

गोलकिपरः अभिषेक बराल, विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ

डिफेन्डरः अजय चौधरी, अनन्त तामाङ, अन्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दिपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ

मिडफिल्डरः एरिक विष्ट, विशाल तामाङ, कृतिश रत्न छिन्जु, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जेउ ठकुरी, उत्सव राई

फरवार्डः अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समीर तामाङ, सञ्जीव विष्ट

१८ फागुन, २०८०, १३:२०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।