कुवेतमा २० हजारको जागिर लगाइदिने भन्दै श्रीलंका पुर्याएर बन्धक बनाउने एक पक्राउ

कुवेतमा २० हजारको जागिर लगाइदिने भन्दै श्रीलंका पुर्याएर बन्धक बनाउने एक पक्राउ

काठमाडौं : कुवेत पठाइदिने भन्दै श्रीलंका पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एकजना पक्राउ गरेको छ।

नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका -४ का ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई मंगलबार पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ।

मिया समेतको प्रतिवादीहरूले पीडितलाई कुवेतमा घरेलु काममा लगाइदिने प्रलोभन देखाई भिजिट भिषामा श्रीलंकाको कोलम्बो पुर्याई बन्धक बनाई राखेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका थिए।

पीडितलाई कुवेतमा मासिक २० देखि २२ हजार नेपाली रूपैयाँ तलबमा घरेलु काममा लगाइदिने प्रलोभन देखाई भारतको नयाँदिल्ली पुर्याई त्यहाँबाट भिजिट भिसामा कोलम्बो पठाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पीडितलाई बन्धक अवस्थामा नेपाल प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरेको थियो।

मिया माथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१७ फागुन, २०८०, २१:१९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।