कोदालोको प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

कोदालोको प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

काठमाडौं : श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

प्रहरीले ३५ वर्षीया श्रीमती चेत कुमारी बिकको हत्या गरेको आरोपमा दुधौली नगरपालिका -१४ ज्यामिटार बस्ने ३५ वर्षीय बुद्ध बहादुर बिकलाई बुधबार बिहान पक्राउ गरेको हो।

सोही ठाउँस्थित खेतमा काम गर्ने क्रममा बुद्धले कोदालो प्रहार गर्दा चेत कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

१६ फागुन, २०८०, १८:०५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।