‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौं : प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरीको अनुरोधमा उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो।

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगन्जमा मुद्दा दर्ता भएको छ।

सिन्धुपाल्चोक प्रहरीले पक्राउ परेकी वाइबालाई काठमाडौं पठाउने तयारी गरेको छ।

केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि गरेको आरोप छ।

उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए।

१६ फागुन, २०८०, १६:५९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।