मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा सतिसकुमार

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा सतिसकुमार

काठमाडौँ : नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा सतिसकुमार देव नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले देवलाई रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसैगरि मन्त्रिपरिषद्ले प्रति जैविक प्रतिरोध एन्टिमाइक्रोबियल रिजस्टेन्स राष्ट्रिय कार्ययोजना समेत स्वीकृत गरेको छ। बालकुमारी घटनाको प्रतिवेदन कार्यान्वयनका लागि फागुन २० भित्र सुझाव पेस गर्न कानुन र उर्जामन्त्रीलाई जिम्मेवारी दिने निर्णय समेत भएको छ।

बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा रहने रिक्त सदस्य मनोनयनका लागि सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय समेत गरेको छ।

१५ फागुन, २०८०, १७:५८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।