घरको पेसेजमा खेलिरहेका एक वर्षीय बालक अपहरण गर्ने महिला पक्राउ

घरको पेसेजमा खेलिरहेका एक वर्षीय बालक अपहरण गर्ने महिला पक्राउ

काठमाडौं : जनकपुरधामबाट बालक अपहरण गर्ने एक महिला पक्राउ परेकी छिन्।

बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका ३ स्थित बिभा देवी मण्डलको साथबाट उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। उनका अनुसार बालकलाई भने सकुशल उद्धार गरिएको छ।

गत सनिबार जनपुरधाम उपमहानगरपालिका २३ स्थित डेरा गरी बस्ने रुपेश कुमार झाका १ वर्षीय छोरा रुद्धाआंश झाको प्रहरीले सकुशल उद्धार गरेको हो।

घरको पेसेजमै खेलिरहेको बेला बालकलाई अपहरण गरेर लगेको धनुषा प्रहरीले जनाएको छ।

बिभा देवी मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ।

१५ फागुन, २०८०, १७:४८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।