सातौँ संस्करणदेखि फर्मा एक्स्पो किन चितवन सर्‍यो?

सातौँ संस्करणदेखि फर्मा एक्स्पो किन चितवन सर्‍यो?

काठमाडौँ : सन् २००५ सालदेखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको नेपाल फर्मा एक्स्पो सातौँबाट चितवन सरेको थियो। त्यसयताका ६ वटा एक्सपो काठमाडौँमा भए पनि त्यसयता काठमाडौँमा एक्सपो हुन सकेको छैन।

आयोजना हुन लागेको नवौँ एक्स्पो समेत चितवनको भरतपुरमा हुँदैछ। १० औँ एक्सपो भने काठमाडौँमा गर्ने तयारी गरिएको आयोजकले जानकारी दिएका छन्।एक्स्पोका संयोजक प्रभात रुंगटाका अनुसार भृकुटीमण्डपको प्रर्दशनीस्थल खाली नहुँदा एक्स्पो चितवनमा गरिएको बताए।

'अन्तर्राष्ट्रिय सेड्युल अनुसार हाम्रो पालो अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्चको पहिलो र दोस्रो हप्ता पर्छ' उनले भने'त्यही बेला भृकुटीमण्डपको प्रदर्शनी हल अग्रिम बुकिङ हुने भएकाले एक्स्पो गर्न हल नपाएपछि चितवनमा गएका हौँ।'

काठमाडौँदेखि नजिकको ठुलो प्रदर्शनी कक्षमा तीन वटा ठुला हल र पार्किङको पनि राम्रो व्यवस्था भएकाले चितवनमा एक्सपो गर्दा पनि प्रभावकारी नै हुने बताउँदै उनले अबको १० औँ एक्सपो काठमाडौँमा गर्न पहिल्यै बुकिङ गर्ने बताए।

अन्तर्राष्ट्रिय रूपमा विभिन्न देशमा वर्षभरि नै चल्ने फर्मा एक्स्पो नेपालमा आयोजना गर्न बङ्गलादेशले एक्स्पोपछि मात्र सेड्युल पर्छ।

१३ फागुन, २०८०, १६:३१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।