आज बदली, वर्षा र हिमपातको सम्भावना

आज बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी भूभागका केही स्थानमा शुक्रबार बदली, वर्षा र हिमपातको सम्भावना छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ती क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका स्थानमा हल्का हिमपातको सम्भावना छ।

अन्य भूभागको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् गोविन्द झाले जानकारी दिए। आज काठमाडौं उपत्यकाको मौसम पनि सफा नै रहने मौसमविद् झाले बताए।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन गरिएको छ। पानी परेसँगै घटेको न्यूनतम तापक्रम अब क्रमशः पुनः बढ्ने मौसमविद् झाले बताए।

१२ फागुन, २०८०, ०७:५९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।