ग्यालेक्सी एस २३ सिरिज र जेड फोल्ड सिरिजमा पनि अब ग्यालेक्सी एआई

ग्यालेक्सी एस २३ सिरिज र जेड फोल्ड सिरिजमा पनि अब ग्यालेक्सी एआई

काठमाडौं : मोबाइल एआइको विश्वव्यापी विस्तारलाई गति दिन, सामसङले ग्यालेक्सी एआइको अनुभव आफ्नो अघिल्लो फोन मोडलहरूमा उपलब्ध गराउने भएको छ।

सामसङ नेपालले मोबाइल एआईको थप विस्तारका लागि निर्माण गरिएको नयाँ वान् युआई ६.१ को माध्यम बाट अब अब ग्यालेक्सी एस २३ सिरिज, एस२३ एफई, जेड फोल्ड५ र जेड फ्लिप ५  सिरिजहरुमा पनि मार्चको अन्त्यदेखि ग्यालेक्सी एआइ उपलब्ध हुने जनाइएको छ।

हालसालै प्रस्तुत गरिएको ग्यालेक्सी एस२४ सिरिजसंग आबद्ध यो अद्यावधिकले अन–डिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत् प्रयोगकर्ताहरुको मोबाइल एआई अनुभवको स्तरलाई उकास्नेछ।

‘ग्यालेक्सी एआइसँग हाम्रो लक्ष्य मोबाइल एआइको नयाँ युगको जननी बन्ने मात्र नभई मोबाइल एआई अझ बढी पहुँच योग्य बनाएर प्रयोगकर्ताहरूलाई सशक्त बनाउनु पनि हो’, सामसङ इलेक्ट्रोनिक्स, मोबाइल एक्स्पे्रियन्स बिजनेस प्रमुख तथा अध्यक्ष श्री टिएम र्होले भने।

उनले भने, ‘यो ग्यालेक्सी एआइको शुरुवात मात्र हो, हाम्रो योजना त सन् २०२४ भित्र दश करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्ताहरूलाई यसको अनुभव दिलाउने तथा मोबाइल एआइको असिमित सम्भावनाहरूको उपयोगको लागि नवीन उपायहरूको खोजी जारी राख्ने रहेको छ।’

फागुन १२, २०८० शनिबार ०७:५६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।