आठ घण्टापछि फेला पर्‍यो प्रसूति गृहबाट चोरिएको शिशु, महिला पक्राउ

आठ घण्टापछि फेला पर्‍यो प्रसूति गृहबाट चोरिएको शिशु, महिला पक्राउ

काठमाडौं : थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको २६ दिनको शिशु आठ घण्टापछि काँडाघारीमा फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शिशुलाई शुक्रबार बेलुकी काँडाबारीमा फेला पारेको जानकारी दियो।

बच्चा लग्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर उनको नाम सार्वजनिक गरेको छैन।

शुक्रबार दिउँसो ती महिलाले एक छिन खेलाउने बहानामा शिशुलाई लिएर हिँडेकी थिइन्।

उनले शुरुमा बच्चा आफ्नै रहेको दाबी गरे पनि पछि चोरी गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।

१२ फागुन, २०८०, ०७:३४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।