पाथीभराको एक महिनाको भेटी एक करोड छ लाख

पाथीभराको एक महिनाको भेटी एक करोड छ लाख

ताप्लेजुङ : पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ।

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन्।

गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो।

जेठ १, २०८३ शुक्रबार ०९:५७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।