नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको टस हुन सकेन

नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको टस हुन सकेन

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको टस हुन सकेको छैन।

बिहीबार साँझ आएको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टसमा ढिलाइ भएको हो। अहिले मैदानमा सुकाउनका लागि ग्राउन्ड स्टाफहरूले काम गरिरहेका छन्।

खेल १० बजेर २० मिनेटमा सुरु हुने नेपालको लागि अफिसियल ब्रोडकास्टर एक्सन स्पोर्ट्सले जनाएको छ।

सिरिजमा तीन खेल खेलेको नामिबिया दुई खेलमा जितसहित तालिकको शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा र नेदरल्याड्स तेस्रो स्थानमा छ।

नामिबियाले नेपालसँगको दुवै खेल जितेको थियो भने नेदरल्यान्ड्ससँगको खेल हारेको थियो। उता नेपालले भने नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

अहिलेसम्म नेदरल्यान्ड्स र नामिबिया दुई पटक आमनेसामने हुँदा दुवैपटक नामिबिया पराजित भएको छ।

यी दुई टोलीबीचको खेलका लागि भनेर नेपाल क्रिकेट संघ(क्यान)ले टिकट मूल्यसमेत घटाएको छ।

आइएमई पे मार्फत टिकट काट्दा पचास रुपैयाँ र मैदानमै गएर टिकट काट्दा १ सय रुपैयाँ तिर्नुपर्ने क्यानले आफ्नो फेसबुक पेजमार्फत जनाएको हो।

फागुन ११, २०८० शुक्रबार १०:०५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।