बलात्कारले बढाएको अविश्वासले परिवारै सखाप, आरोपी धरौटीमा छुटेपछि बढाएको थियो विवाद

बलात्कारले बढाएको अविश्वासले परिवारै सखाप, आरोपी धरौटीमा छुटेपछि बढाएको थियो विवाद

काठमाडौँ :  श्रीमतीमाथि बलात्कार भएको घटनाको जाहेरी लिएर सँगै प्रहरी कार्यालय गएका एक युवकले त्यही विषयमा श्रीमतीमाथि शंका गर्दै बुधवार बिहान श्रीमतीसहित तीन जनाको हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसारमा राजु विश्वकर्माले श्रीमतीसहित तीन जनाको हत्या गरेर आत्महत्या गर्नुको कारण त्यही घटनाले बढाएको अविश्वास देखायो।  

बुधवार नागार्जुन नगरपालिका–६ भैरव टोलको एक घरको कोठामा एक युवती र अन्य दुई नाबालिकाहरुको शव फेला परेको थियो। डेरामा शव फेला परे पनि राजु नभेटेपछि प्रहरीले आत्महत्या गरेको अवस्थामा उनको शव नागार्जुन जङ्गलमा फेला पारेको थियो। मृतकहरूमा राजुको श्रीमती, छोरी र एक नातिनी रहेको खुलेको छ।

बुधवार बिहान बुहारी घरमा भएको बेलासम्म केही भएको थिएन। उनी काममा हिँडेपछि उनले छोरालाई बिहान आठ बजे आसपास सामान किन्न पसल पठाएका थिए। छोरा डेरामा फर्कँदा हत्या भइसकेको थियो। प्रहरीका अनुसार उनले छोरालाई मोबाइलमा भिडियो समेत खिच्न लगाएका थिए।

प्रारम्भिक अनुसन्धान मङ्गलवार बेलुका श्रीमान्-श्रीमतीबीच पुरानो एक घटनालाई लिएर झगडा भएको खुलेको छ। प्रहरी वृत्त स्वयम्भूमा एक युवा विरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। स्वयम्भूकी डिएसपी पूर्णिमा चन्दका अनुसार जाहेरी दिन श्रीमान-श्रीमती दुवै आएका थिए।

मुद्दा प्रक्रिया अगाडि बढ्यो। ती युवा फागुन एक गते धरौटीमा रिहा भए। युवक धरौटीमा रिहा भएपछि श्रीमान् र श्रीमतीबिच झगडा बढेको थियो। मङ्गलवार श्रीमतीको चरित्रमाथि शंका गर्दै उनले झगडा गरेका थिए। बुधवार तीन जनाको हत्या गरे। प्रहरीका अनुसार उनले ह्याम्बर र कैँची प्रयोग गरेर हत्या गरेको देखिन्छ।

९ फागुन, २०८०, १८:४१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।