सितापाइलामा परिवारै सखाप : श्रीमती र छोरीको शव कोठामा, श्रीमानको जंगलमा

सितापाइलामा परिवारै सखाप : श्रीमती र छोरीको शव कोठामा, श्रीमानको जंगलमा

काठमाडौं : नागार्जुन नगरपालिका-६ सितापाइलामा डेरामा बस्ने एक परिवारका चार सदस्य मृत फेला परेका छन्।

महिलासहित दुई बालिकाको शव कोठामा फेला परेको थियो भने महिला श्रीमान् गायब थिए।

उनैले परिवारको हत्या गरेको शंकामा खोजीमा खटिएको प्रहरीले उनको शव नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला पार्यो।

दैनिक ज्यालादारीको काम गर्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको शव बुधबार बिहान कोठामा भेटिएको थियो।

उनीहरूको शरीरमा धारिलो हतियारको चोटहरू थिए। राजु घिमिरे (सुनार) कोठामा थिएनन्। सम्पर्कमा पनि थिएनन्। प्रहरीले उनैले परिवारको हत्या गरेर भागेको शंका गरेर खोजी थालेको थियो।

नागार्जुनको जंगलमा एक पुरुषको शव झुण्डिएको अवस्थामा रहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनी राजु भएको पुष्टि गर्यो।

घटनाको प्रकृतिको आधारमा राजुले श्रीमतीसहित दुई छोरीको हत्या गरेपछि आत्महत्या गरेको देखिन्छ। तर, पुष्टि भइसकेको छैन।

राजु सोलुखुम्बुका हुन्। उनी सितापाइलामा डेरामा बस्दै आएका थिए। उनीहरू दैनिक ज्यालादारीमा काम गर्दै आएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको टोली अनुसन्धानरत छ।

९ फागुन, २०८०, १३:३०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।