स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. जोशी नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. जोशी नियुक्त

काठमाडौँ : सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशीलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री तथा नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले डा.  जोशीलाई परिषद्को सदस्य सचिवमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन्।

डा. जोशी गेटा अस्पतालको प्रमुखको रूपमा कार्यरत थिए। गेटा जानुअघि उनी राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारीमा थिए। उनी नेपाल चिकित्सक सङ्घको कोषाध्यक्षको जिम्मेवारीमा समेत छन्।

माघ २६ गते परिषद्को सदस्य सचिवबाट डा. प्रदीप ज्ञवालीको कार्यकाल सकिएपछि डा. जोशीलाई मन्त्रीपरिषद्ले सदस्य सचिवमा नियुक्त गरेको हो।

६ फागुन, २०८०, १९:४७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।