आइतबारको संसद बैठक : गगन थापालगायत १३ सांसदले सोध्नेछन् प्रधानमन्त्रीलाई प्रश्न

आइतबारको संसद बैठक : गगन थापालगायत १३ सांसदले सोध्नेछन् प्रधानमन्त्रीलाई प्रश्न

काठमाडौँ : भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको छ। प्रश्नोत्तरका लागि १३ जना सांसदले लिखित प्रश्न पेस गरेका छन्।

बिहान ११ बजेदेखि सुरू हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्नका लागि १३ जना सांसदले लिखित प्रश्न पेश गरेका संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

प्रश्न सोध्नेमा सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा र सांसद किशोरसिंह राठौर समेत छन्।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, गोकर्ण विष्ट, रास्वपाका सांसद गणेश पराजुली र राप्रपाका सांसद गीता बस्नेत लगायतले प्रश्न सोध्ने छन्।

फागुन २ गते दिउँसो ३ बजेभित्र संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय समक्ष लिखित रुपमा प्रश्न उपलब्ध गराउन भनिएको थियो।

५ फागुन, २०८०, २०:४७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।