बाल क्यान्सर सर्भाइवरलाई काठमाडौँ क्यान्सर सेन्टरले दियो उपहार

बाल क्यान्सर सर्भाइवरलाई काठमाडौँ क्यान्सर सेन्टरले दियो उपहार

काठमाडौँ : काठमाडौँ क्यान्सर सेन्टरले बाल क्यान्सर बिरामीहरूमा आशा र लचिलोपनलाई जोड दिँदै अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाएको छ।

अस्पतालका कर्मचारी, परिवार र चिकित्सकहरू भेला भएर बाल क्यान्सर बिरामी तथा सर्भाइवरहरुलाई प्रेरणादायी कथा र उपहार बाँडेका थिए।

अस्पतालका बाल रक्त तथा क्यान्सर रोग विशेषज्ञ, डा. ऋतु लामिछानेले सहयोगको लागि धन्यवाद दिइन्। उनले बाल क्यान्सरबारे चेतना जगाउने तथा बालबालिकालाई उत्कृष्ट हेरचाह, समर्थन र उज्ज्वल भविष्यको आशा प्रदान गर्न एकजुट हुनुपर्ने बताइन।

४ फागुन, २०८०, १८:०७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।