क्यान्सरका बिरामीको सुविधाबारे नेपाल सिनियर केयर र काठमाडौँ क्यान्सर सेन्टरबिच समझदारी

क्यान्सरका बिरामीको सुविधाबारे नेपाल सिनियर केयर र काठमाडौँ क्यान्सर सेन्टरबिच समझदारी

काठमाडौँ : क्यान्सरका बिरामीहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले नेपाल सिनियर केयर प्राली र काठमाडौँ क्यान्सर सेन्टरबीच समझदारी भएको छ। मङ्गलवार सिनियर केयर र काठमाडौँ क्यान्सरबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

नेपाल सिनियर केयर प्रालिले काठमाडौँ क्यान्सर सेन्टरसँगको सहकार्यमा अस्पतालबाट डिस्चार्जपछि हेरचाह, क्यान्सर केयर, प्यालिएटिभ केयर, पेन म्यानेजमेन्ट, नर्सिङ केयर, शल्यक्रियापछिको हेरचाह, र वृद्ध वृद्धा हेरचाहलगायत सेवाहरूको दायरा प्रदान गर्नेछ।

नेपाल सिनियर केयरका कर्मचारी तथा त्यहाँबाट काठमाडौँ क्यान्सर सेन्टर रेफर गरिएका बिरामीहरूलाई विभिन्न सेवाहरूमा छुटहरू प्रदान गरिने सम्झौतामा उल्लेख छ।

१ फागुन, २०८०, २०:२४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।