१० अंकले घट्यो नेप्से, ४ अर्ब बढीको कारोबार

१० अंकले घट्यो नेप्से, ४ अर्ब बढीको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।

आइतबार नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा झरेर बन्द भएको हो।

तीन उप-समूह डेभलपमेन्ट, हाइड्रो र म्यु्चुअल फण्डबाहेक अन्य १० उप-समूहको सूचक नकारात्मक देखिएका छन्।

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेहरूमा समाज लघुवित्त वित्तीय र कुथेली बुखारी स्मल हाइड्रोपावर छन्।

कारोबारमा आएका ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घटेको छ। ८ कम्पनीको सेयर मूल्य स्थिर छ।

३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रूपैयाँमा कारोबार भएको छ।

कारोबारका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। उक्त कम्पनीको ६२ करोड ४७ लाख रूपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यस्तै, एनआरएन इन्फ्रस्ट्रक्चरको १२ करोड, हिमालयन डिष्टिलरीको ९ करोड २३ लाख र एनआइसी एसिया बैंकको ८ करोड ४२ लाखको कारोबार भएको छ।

२८ माघ, २०८०, १६:४६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।