काठमाण्डौं क्यान्सर सेन्टरले १०० भन्दा बढीलाई भीआईए स्क्रीनिङ गराएर मनायो विश्व क्यान्सर दिवस

काठमाण्डौं क्यान्सर सेन्टरले १०० भन्दा बढीलाई भीआईए स्क्रीनिङ गराएर मनायो विश्व क्यान्सर दिवस

काठमाडौं : 'स्याहारमा भएको फरकलाई बन्द गरौँ' भन्ने नारासहित काठमाण्डौं क्यान्सर सेन्टरले यस वर्षको क्यान्सर दिवस मनाएको छ।

भक्तपुर स्थित अस्पतालका कार्यकारी निर्देशक डा. सिमित सापकोटा, चलचित्रकर्मी दीपाश्री निरौला, मिसेस नेपाल इन्टर्नेसनल सृजना केसी लगायतको उपस्थितिमा भएको कार्यक्रममा १०० भन्दा बढीले भीआईए स्क्रीनिङको लाभ लिएको अस्पतालले जनाएको छ।

कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुभाष पण्डितले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षणको महत्वबारे चर्चा गरेका थिए भने भक्तपुर जिल्लाभर कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाको नि:शुल्क पाठेघरको क्यान्सरको परीक्षण गरिएको थियो।

'नेपालीहरूलाई क्यान्सर लागे स्वदेशमा किसिमको उपचार हुन्छ। नेपालकै अस्पतालहरूमा क्यान्सर रोगको अपरेसन, रेडियोथेरापी केनोथेरापी, ब्राकीथेरापी, ईम्युनोथेरापी लगायतका सम्पूर्ण उपचार उपलब्ध भएकाले भारत वा थाइल्याण्ड जानु पर्दैन भन्ने सन्देश दिन कार्यक्रम गरिएको हो', अस्पतालले भनेको छ।

समुदायमा आधारित पहलहरू मार्फत क्यान्सर सचेतना, रोकथाम र प्रारम्भिक पहिचानलाई प्रवर्द्धन गर्ने काठमाडौं क्यान्सर सेन्टरले क्यान्सरको जोखिम, कारकहरू र समुदाय भित्र प्रारम्भिक पहिचानको महत्त्व बारे सचेतना दिएको हो।

२२ माघ, २०८०, १५:४६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।