नर्सिङ लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला, परीक्षा चैत ३ गते

नर्सिङ लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला, परीक्षा चैत ३ गते

काठमाडौं : नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला हुँदै छ।

परीक्षा आगामी चैत ३ गते हुने काउन्सिलले जनाएको छ।

पीसीएल र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्नुपर्ने छ।

नियमित दस्तुर तीन हजार १०० रूपैयाँमा फागुन २१ गतेसम्म र दोब्बर दस्तुर ६ हजार १०० रूपैयाँ तिरेर फागुन २२ देखि २४ गतेसम्म फर्म भर्न सकिनेछ।

२१ माघ, २०८०, ०८:०४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।