शौचालयमा लडेर चितवनमा एक जनाको मृत्यु

शौचालयमा लडेर चितवनमा एक जनाको मृत्यु

चितवन : जिल्लामा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ।

खैरहनी नगरपालिका-२ मा मंगलबार दिउँसो चार बजे शौचालयमा लडेर सिन्धुपाल्चोकका युवााको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला घर भई हाल फूलबारी टोलमा डेरा लिई बस्ने ३५ वर्षीय प्रकाश सुनार रहेका छन्।

शौचालयमा लडेर घाइते भएका उनको उपचारको क्रममा चितवन जिल्ला अस्पतालमा डाक्टरले मृत घोषणा गरेका थिए।

१० माघ, २०८०, ०९:३३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।