रक्सीको तालमा रडले हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

रक्सीको तालमा रडले हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

दाङ : आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

४२ वर्षीया लक्ष्मी चौधरीको हत्या आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-४ तल्लो हलवार बस्ने ४३ वर्षीय पेण्डुवा चौधरीलाई शनिबार राति पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरेका पेण्डुवाले स्टिलको रड प्रहार गर्दा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी खाद्रे र अस्थायी प्रहरी पोष्ट पर्सनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

८ माघ, २०८०, ०८:२२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।