बनेपाको वनमा गलेको अवस्थामा भेटियो पुरुषको शव

बनेपाको वनमा गलेको अवस्थामा भेटियो पुरुषको शव

काठमाडौं : काभ्रेको बनेपामा सडेगलेको अवस्थामा एक पुरुषको शव भेटिएको छ।

बनेपा नगरपालिका-११ शारदादेवी सामुदायिक वनमा हाल पहिचान नखुलेको अन्दाजी ४०÷४५ वर्ष जस्तो देखिने पुरुषको शव सडेगलेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय, बनेपाले जनाएको छ।

वनमा घाँस काट्न जाँदा स्थानीयहरू महिलाहरूले कोल्टे परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मुचुल्कापछि शवलाई पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

६ माघ, २०८०, ०९:५७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।