रोल्पामा ४० वर्षीया महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

रोल्पामा ४० वर्षीया महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

रोल्पा : रोल्पामा ४० वर्षीया महिलामाथि जबरजस्ती करणी भएको छ।

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुनछहरी गाउँपालिका–६ गामखोले बस्ने ६१ वर्षीय कबिराम पुन मगरलाई पक्राउ गरेको छ।

मगरले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीको आधारमा प्रहरी चौकी जेलवाङ र ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२ माघ, २०८०, ०८:२८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।