एनएमबि बैंकको २८औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा मनोज कुमार गोयल चयन

एनएमबि बैंकको २८औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा मनोज कुमार गोयल चयन

काठमाडौं : एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहीबार सम्पन्न साधारण सभाबाट पूर्व घोषित कार्यक्रम बमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन्।

सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन्। 

एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दिक प्रकाशलाई मनोनित गरी पठाएको विषय साधारण सभामा जानकारी गराइएको थियो।

साथै, निर्वाचित सञ्चालकहरु समेतको सोही मितिमा बसेको बैठकले मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको छ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा ३ अर्ब २२ करोड रुपैयाँ, निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रुपैयाँ रहेको छ।

बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 

पुष २७, २०८० शुक्रबार ०८:०९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।