मलंगवा र धुलिखेलमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

मलंगवा र धुलिखेलमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौं : ग्लोबल आइएमई बैंकले दुई वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

बैंकले सर्लाहीको मलगंवा नगरपालिका-८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका-३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

यी दुई नयाँ शाखाहरूबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भएका छन्।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो।

बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

पुष २४, २०८० मंगलबार ०८:५०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।