ज्यान मार्ने धम्की दिई ५० लाखसम्म माग्ने व्यक्ति पक्राउ

ज्यान मार्ने धम्की दिई ५० लाखसम्म माग्ने व्यक्ति पक्राउ

रौतहट : ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा फतुवा बिजयपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय श्रीभगवान साह रहेका छन्।

एक व्यापारीलाई पटक-पटक फोन गरी उनी र उनका छोरा-छोरीलाई ज्यान मार्ने धम्की दिई ५ देखि ५० लाख रूपैयाँसम्म रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो।

साथै सोही घटनामा संलग्न अन्य व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ।उनी उपर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

२० पुस, २०८०, १२:०८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।