‘टिभिएस आईक्युब’को ग्रीन रेभोलुसन राइड, चार महिनामा १ लाख किलोमिटर गुड्यो

‘टिभिएस आईक्युब’को ग्रीन रेभोलुसन राइड, चार महिनामा १ लाख किलोमिटर गुड्यो

काठमाडौं :  नेपालको लागि टिभिएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘टिभिएस आईक्युब’ले १ लाख किलोमिटरको यात्रा सम्पन्न गरेको छ।

‘टिभिएस आईक्युब’ कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो। लन्च भएको चार महिनाभन्दा कम समयमा नै टिभिएस आईक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न गरेको हो।

पेट्रोल स्कुटर राइडको तुलनामा ३ हजार पाँच सय किलो कम कार्बनडाइअक्साइड उत्पादन भएको कम्पनीले जानकारी दिएको छ, जुन लगभग १७५ वटा रूख रोपेको बराबर हो।

साथै अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि कम्पनीले जनाएको छ। सम्रगमा ग्राहकको इन्धन लागतमा ४.६ लाख रुपैयाँ बचत भएको कम्पनीले जनाएको छ।

साथै सरकारी कोषमा परेको विदेशी मुद्राको भार पनि घटाउन यसले मद्दत पुर्याएको छ।

एक लाख किलोमिटरको कोसेढुङ्गा पार गरेको खुसीयालीमा टिभिएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रा.लि.को सहकार्यमा टिभिएस आईक्युबका ग्राहकहरूसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको छ। नक्सालको टिभिएस शोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको टिभिएस आईक्युब ग्रीन रिभोलुसन राइडमा ३० जना राइडरहरूको सहभागिता थियो।

यस राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषण विरुद्ध लड्ने, रूख बचाउने र ध्वनि प्रदूषण रोक्नमा पहल गर्नु थियो। यस कार्यक्रममा सेफ राइडिङको तालिम र सवारी साधनको मेन्टेनेन्स सम्बन्धी सुझावहरू प्रदान गरिनुको साथै सहभागी सबैलाई उपहार र प्रमाणपत्रहरू पनि प्रदान गरिएको थियो।

टिभिएस आईक्युबले सिंगल चार्जमा १०० किलोमिटको रेन्ज प्रदान गर्दछ। ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७ किलोमिटर प्रतिघन्टाको टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघन्टासम्म एक्सेलरेसन दिन्छ।

पावर ईको मोडले राइडलाई  रेन्ज अथवा पफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ। ७ इन्चको टि.एफ.टि क्लस्टरले म्युजिक कन्ट्रोल, थिम पसनलाइजेसन, भोइस एसिट जस्ता सुविधाहरू प्रदान गर्दछ।

पुष १८, २०८० बुधबार ११:४६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।