नयाँ वर्षको अवसरमा ‘रेड्मी १२ सी’को मूल्य घट्यो

नयाँ वर्षको अवसरमा ‘रेड्मी १२ सी’को मूल्य घट्यो

काठमाडौं : शाओमीले अंग्रेजीे नयाँ वर्षको अवसरमा रेड्मी १२ सी को मूल्य घटाएको छ।

उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उदेश्यले रेड्मी १२ सी मा अफर स्वरूप मूल्य घटाएको शाओमीले जनाएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ग्राहकलाई छुट प्रदान गर्न पाउँदा आफूहरू हर्षित भएको बताए।

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

रेड्मी १२ सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ।मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ५ हजार एमएच ब्याट्रीको साथमा ठूलो ६.७१ इच्चको एचडी प्लस डिस्प्ले छ।

रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रंगहरूमा उपलब्ध छ। यो ४+६४ जीबी र ६+१२८ जीबी गरी दुई भेरियन्टमा उपलब्ध छ।

४+६४ जीबीको यसअघि भएको मूल्यमा १ हजार पाँच सय रुपैयाँ घटाएर १२ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ६+१२८ जीबीको मूल्य एक हजार रुपैयाँ घटाएर १५ हजार ९९९ तोकिएको छ।

रेडमी १२ सी देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ।

पुष १८, २०८० बुधबार १०:४२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।